नेपाल सेवा र विन लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति, कात्तिक १५ गतेदेखि एकीकृत कारोबार

९ कार्तिक २०७८, मंगलवार १०:५२

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकीकृत रुपमा कारोबार गर्न (मर्जरमा) जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ ।

यी दुई वित्तीय संस्थाले एक आपसमा गाभ्ने।गाभिने (मर्जर) मा जाने सम्बन्धमा सैद्धान्तिक सहमति भई तोकिएका शर्त तथा प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृतिको लागि निवेदन पेश गरेकाले राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

सोहीअनुसार यी दुई लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन् । उक्त दुई लघुवित्तबीच गत वर्षको मंसिर ३० गते मर्जर सम्बन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । दुवै कम्पनीहरुले गत जेठ २४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

विन र नेपाल सेवा लघुवित्तबीच १०० बराबर ७५ को अनुपातमा शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर प्रक्रिया अघि बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*