लुम्बिनी विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

९ कार्तिक २०७८, मंगलवार १०:५७

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कात्तिक ८ गते बसेको संचालक समितिको बैंठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको होे । बैंकको हाल कायम रहेको २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पश्चात आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*