बैंक अफ काठमाण्डूद्धारा १४ प्रतिशत लाभांश प्रस्ताव

९ कार्तिक २०७८, मंगलवार ११:०२

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांशा घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको कात्तिक ८ गते बसेको संचालक समितिको २०६ औं बैंठकले हाल कायम रहेको चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पश्चात आगामी साधारण सभाबाट पारित परेपछि वितरण हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*