असोज महिनामा लक्ष्मी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो, नाफा र न्याभ घट्यो

९ कार्तिक २०७८, मंगलवार ११:२६

काठमाडौं । लक्ष्मी इक्विटी फण्डले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको सूचिकृत शेयरमा लगानी बुद्धि भएको छ ।

अघिल्लो महिनाको तुलनामा असोज महिनामा उक्त फण्डको सूचिकृत शेयरमा लगानी बृद्धि भएको हो । असोज महिनामा उक्त लगानी ९७ करोड १९ लाखभन्दा बढी पुगेको हो । अघिल्लो महिनामा भने यस्तो लगानी ९१ करोड ९४ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, भदौ महिनाको तुलनामा असोज महिनामा फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) भने घटेको छ । भदौ मसान्तसम्ममा १२.४६ रुपैयाँ रहेको न्याभ असोज महिनामा घटेर १२.२७ रुपैयाँ पुगेको छ ।

साथै फण्डले असोज महिनामा २३ करोड २३ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन भदौ मसान्तसम्मको तुलनामा कमी हो । भदौ महिनामा फण्डले २५ करोड ६२ लाख १० हजार नाफा कमाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*