नबिल बैंकले कुन मुद्दति निक्षेपमा कति ब्याजदर दिँदैछ ?

९ कार्तिक २०७८, मंगलवार ११:४७

काठमाडौं । नबिल बैंकले कात्तिक ३ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेको छ ।बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनामाथिको निक्षेपमा ९ दशमलव ३६ प्रतिशत ब्याज उपलब्ध गराउनेछ । एक वर्षको सञ्चयी मुद्दति निक्षेपमा भने बैंकले ८ दशमलव ५१ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत र कर्पोरेट प्रिमियमतर्फको ३ महिनामाथिको मुद्दति निक्षेपमा बैंकले ८ दशमलव ३६ प्रतिशत ब्याज निधारण गरेको छ ।

बैंकले अन्य सामान्य निक्षेपमा भने बैंकले ४ दशमलव ६ प्रतिशत ब्याजदर निधारण गरेको छ । कर्जातर्फ भने बैंकले ऊर्जा र कृषि क्षेत्रमा कर्पोरेट ग्राहकहरुलाई आधार दरमा १.५ प्रतिशत देखि ५ प्रतिशत प्रिमियम जोडेर तथा एसएमई ग्राहकहरुलाई २.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराउने भएको छ।

शैक्षिक कर्जा, पर्सनल ओभरड्राफ्ट, नबिल पर्सनल लोन, नबिल सहयात्री लोन र नबिल फोन लोन बैंकले ३ प्रतिशतदेखि ७ प्रतिशतसम्मको प्रिमियममा दिने भएको छ। कर्पोरेट इम्प्लोइज लोन भने बैंक अधिकतम ७ प्रतिशत प्रिमियममा उपलब्ध गराउनेछ। बैंकको आधार दर ६.११ प्रतिशत रहेको छ।

स्थिर ब्याजदरअन्तर्गत बैंकले अधिकत ५ वर्ष अवधिको हाउजिङ लोन १२ प्रतिशतमा, अन्य रिटेल लोन १२.५ प्रतिशतमा र अटो लोन १०.९९ प्रतिशतमा उपलब्ध गराउनेछ सूचना मार्फत जानकारी दिएको छ ।
त्यसैगरी स्थिरत ब्याजदरअन्तर्गत नै बैंकले ५ वर्षमाथि ७ वर्षसम्मका लागि अटो लोन १२ प्रतिशतमा उपलब्ध गराउने छ।
बैंकले ५ वर्षमाथि १० वर्षसम्म र १० वर्षमाथि १५ वर्षसम्मको हाउजिङ लोन क्रमशः १२ दशमलव ५ प्रतिशत र १२ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*