साढे १५% लाभांश पारित गर्न नेपाल बंगलादेश बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?

१० कार्तिक २०७८, बुधबार ११:१३

काडमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर २ गते बिहिबारका दिन अनलाईन माध्यमबाट भर्चुअल रुपमा गर्ने भएको हो ।

कम्पनीको कात्तिक ९ गते बसेको संचालक समितिको ३७६ औं बैठकले सभा बैंकको रजिष्टार्ड कार्यालय, कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको १२ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुकक्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिई लाभांश प्राप्त गर्नेछन् ।

साथै सभाले आर्थिक वर्ष २०७७।०७८ को संचाकल समितिको वार्षिक प्रतिवेदन उपर द्धलफल गरी पारित गर्नेछ । त्यस्तै, सोही आवको वार्षिक वित्तीय विवरणहरु (वासलाल, नाफा।नोक्सा, हिसाब) उपर छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*