सानिमा माई हाइड्रोपावरको साधारण सभा भोलि, १० प्रतिशत लाभांश पारित गर्ने एजेण्डा

१० कार्तिक २०७८, बुधबार १३:२६

काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा भोलि (कात्तिक ११ गते) बिहिबारका लागि हुने भएको छ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो ।

उक्त साधाराण सभाले १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि असोज १८ गते बुक क्लोज गरिसकेकाले असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*