तेह्रथुम पावर र साहस उर्जाको शेयर कारोबार आईतबारदेखि दोस्रो बजारमा कारोबार हुन सक्ने

१० कार्तिक २०७८, बुधबार २१:१७

काठमाडौं । दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावरको शेयर कारोबार आउँदो आईतबारदेखि हुने देखिएको छ । यी दुवै कम्पनीको आईपीओ भोलि नेप्सेमा हुने भएको छ। यदि भोलि यी कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भए आउँदो आइतबारबाट कारोबार आउने छन्।

नेप्सेले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर स्पेसल प्रि ओपनिङ सेसनमा किनबेच भएमा आइतबारबाट नियमित समयका लागि कारोबार खुल्नेछ। नेप्सेले साहस उर्जालाई पहिलो कारोबारका लागि न्यूनतम १५७.४३ रुपैयाँदेखि अधिकतम ४७२.२९ रुपैयाँ ओपनिङ रेन्ज तोक्न सक्नेछ। यो कम्पनीलले ‘एसएएचएएस’ कारोबार संकेत पाएको छ।

यसैगरी तेह्रथुम पावरले पहिलो कारोबारका लागि न्यूनतम ८२.४४ रुपैयाँदेखि अधिकतम २४७.३२ रुपैयाँ ओपनिङ रेन्ज पाउनेछ। यो कम्पनीलाई नेप्सेले ‘टीपीसी’ कारोबार संकेत प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*