स्वरोजगार र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

११ कार्तिक २०७८, बिहीबार ०७:५९

काठमाठौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १२ गते (भोलि) बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिई लाभांश प्राप्त गर्नेछन् ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश र आशा लघुवित्तले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल २६.३१ प्रतिशतल लाभांश वितरण गर्न लागेको हो ।

सोही प्रतिशत लाभांश प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले आगामी कात्तिक २७ गते नेपाल प्रज्ञान प्रतिष्ठान कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

त्यस्तै आशा लघुवित्तले उक्त प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते होटल फल एण्ड ट्राउट भिलेज एण्ड रेष्टुरेन्ट ककनी, नुवाकोटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*