नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

११ कार्तिक २०७८, बिहीबार ११:०२

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको १४९ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट हालको कायम चुक्तापूँजीबाट २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सोही प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*