लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तको साधारण सभा मंसिर ५ गते, बुकक्लोज कहिले ?

११ कार्तिक २०७८, बिहीबार ११:१४

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर ५ गते आइतबारका दिन धरान व्याकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. धरान उपमहानगरपालिका वडा नंं १३ लक्ष्मी सडक, सुनसरीमा गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गते एक दिन शेयरधनी र्दात किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । जसअनुसार कात्तिक २२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिई लाभांश प्राप्त गर्नेछन् ।

साथै सभाले संचालकहरुको (संस्थापक) समूहबाट चार जना र सर्वसाधारण शेयरधनी समूहको दुई जना संचालकहरु निर्वाचन पनि गर्नेछ । कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*