मन्जुश्री फाइनान्सको संस्थापक शेयर आज देखि लिलामीमा

११ कार्तिक २०७८, बिहीबार ११:१८

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । संस्थाको संस्थापक समूह तर्फको ९२ हजार १६६६ कित्ता शेयर लिलामीमा ल्याएको होे ।

कम्पनीले प्रतिकित्ता २५० रुपैयाँ तोकेर कात्तिक १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । उक्त शेयर खरिद गर्न चाहने इच्छुुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले तोकिएको मूल्य वा सो भन्दा बढी मूूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस अघि यो शेयर खरिदका लागि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका विक्रीको लागि ३५ दिने सुचना जारी गरेको थियो गरे पनि सो अवधिमा कुनै पनि आवेदन नपरेकाले लिलामीमा बिक्रीमा ल्याएको हो ।

कम्पनीको यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*