गणपति लघुवित्तद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

११ कार्तिक २०७८, बिहीबार ११:२०

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको हाल कायम रहेको चुक्तापुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँको आधारमा १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरे पछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*