आइसीएफसी फाइनान्सको संस्थापक शेयर आजदेखी बिक्रीमा

११ कार्तिक २०७८, बिहीबार ११:४४

काठमाडौं । आइसीएफसी फाइनान्सले संस्थापक शेयर आज (कात्तिक ११ गते)देखि बिक्रीमा ल्याएको छ ।

कम्पनीको संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय भाटभटेनी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*