ज्योति विकास बैंकको १ लाख ८१ कित्ता संस्थापक शेयर लिलामीमा

११ कार्तिक २०७८, बिहीबार १२:१९

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले कात्तिक १७ गतेसम्म आवश्यक कागजात संकलन गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकेको छ । आवेदकले आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

तोकिएको अवधि भित्र प्राप्त बोलपत्र कात्तिक २२ गते बिहान १० बजे कम्पनीको शेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्र वाला वा निजको प्रतिनिधिको उपस्थितिमा खालिने कम्पनीले जनाएकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*