मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेख्य प्रदर्शन, इपिएस कति ?

११ कार्तिक २०७८, बिहीबार १२:३६

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा यस अवधिमा कम्पनीले १९३ प्रतिशत बढि खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएकोमा सोही प्रतिशतले बृद्धि भई चालु आवको सोही अवधिमा ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद ब्याज र संचालन नाफामा समेत बृद्धि गरेको छ । गत आवको तुलनामा यस अवधिमा खुद ब्याज आम्दानी ११५ प्रतिशत र संचालन नाफा १९३ प्रतिशत बृद्धि भएको छ । खुद ब्याज र संचालन नाफा बृद्धि हुन पुग्दा कम्पनीको खुद नाफा बढेको हो ।

कम्पनीको हालको चुक्तापूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेकोमा जगेडा कोष ४१ करोड १७ लाख ७८ हजार संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) ५८ दशमलव ६२ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६५ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*