१८% लाभांश पारित गर्न पावर ट्रान्सशिनले बोलायो १३ औं साधारण सभा

११ कार्तिक २०७८, बिहीबार १२:४२

काठमाडौं । पावर ट्रान्समिशन कम्पनी नेपाल लिमिटेडकोे १३ औं साधारण सभाको मिति तय भएको छ । सभा मंसिर १७ गते कम्पनीको कार्यालय ने.वि.प्रा को सभाहल दरवारमार्ग काठमाडौंमा दिउँसो ३ बजे हुने भएको हो ।

कात्तिक ८ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्षसम्मको सचिंत मुनाफाबाट शेयरधनीहरुलाई १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*