आइपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको खुद नाफामा बृद्धि, अन्य सूचक कस्तो ?

११ कार्तिक २०७८, बिहीबार १३:०५

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफा २.१७ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आवको पहिलो त्रैमाससम्मको तुलनामा २.१७ प्रतिशतले बढि हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले १ करोड २६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा खुद ब्याज आम्दानी बृद्धि गर्न र खराब कर्जा उठाउन सफल भएको छ । चालू आवको पहिलो त्रैमासम्ममा कम्पनीले ३ करोड ८० लाख ७७ हजार रुपैयाँ खराब कर्जा संकलन गर्न सफल भएको छ ।

कम्पनीको हालको चुक्तापूँजाी ८ करोड २१ लाख रुपैयाँ रहेकोमा जगेडा कोष १२ करोड १२ लाख ३१ हजार रुपैयाँ संचित रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा ९७ हजार १२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशनको तयारीमा रहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोडबार्ट अनुमति प्राप्त भएपश्चात साधारण शेयर (आइपीओ) निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*