सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ११ शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम सम्पन्न

११ कार्तिक २०७८, बिहीबार १३:१४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १३ गते १७ औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा निःुशल्क स्वास्थ्य शिविर लगायत शाखा कार्यालय ठिमी, पोखरा, गोरखा, इटहरी, बुटवल, नारायणगढ, धनगढी, घोराही, नेपालगंज, न्यूरोड र भैरहवामा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकको केन्द्रिय कार्यलयमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ७४३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।

बैंकले मेरीकी हेल्थ सोलुसनको सहकार्यमा उक्त निःशुल्क स्वास्थ्य शिविर परीक्षण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*