आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्र सिभिल लघुवित्तको लाभांश पाउने

११ कार्तिक २०७८, बिहीबार १३:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कायम शेयरधनीले मात्र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने भएका छन् ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कात्तिक १४ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् । कात्तिक १४ गते शनिबार परेकाले कम्पनीको लाभांश पाउन आजसम्म नै नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्नेछ ।

कम्पनीले १९ प्रतिशत बोनस शेर र कर प्रयोजनका लागि नगद लाभांश १ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते आइतबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*