साहज उर्जा र तेह्रथुम पावरको आइपीओ नेप्सेमा सूचिकृत, कतिमा होला पहिलो कारोबार ?
११ कार्तिक २०७८, बिहीबार १४:१७

काठमाडौं । साहज उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । साहज उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर आज सूचिकृत भएको हो ।
दुई कम्पनीको शेयर आज सूचिकृतपश्चात् आइतबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछन् । साहज उर्जाको शेयरले ओपनिङ रेञ्जको लागि न्यूनतम १३५ रुपैयाँ ११ पैसादेखि ४०५ रुपैयाँ ३३ पैसासम्म पाउने देखिएको छ ।
त्यस्तै तेह्रथुम पावरले न्यूनतम ८४ रुपैयाँ ७४ पैसादेखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले साहज उर्जाको शेयरको लागि एसएएचएएस र तेह्रथुम पावरको शेयरलाई टीपीसी कारोबार संकेत दिएको छ ।