सनराइज क्यापिटलको ११ औं बार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

११ कार्तिक २०७८, बिहीबार १४:२३

काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारण सभा भोलि (कात्तिक १२ गते) हुने भएको छ । सभा काठमाडौंको कमलपोखी स्थित कम्पनीको कार्यालयमा दिउँसो २ बजेका लागि आव्हान गरेको हो ।

असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, उक्त साधारण सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, चालु आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*