आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी
११ कार्तिक २०७८, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से परिसूचक १३.०४ अंकले बृद्धि हुँदा कारोबार १३ अर्बमा सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नबिल बैंकको २२ करोड ७५ लाख, जीवन विकास लघुवित्तको १८ करोड ४४ लाख, एनआइसी एशिया बैंकको १७ करोड २३ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ९९ लाख भन्दा माथिको कारोबार भएको छ ।