मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ७१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

१२ कार्तिक २०७८, शुक्रबार १०:५९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामामा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोेल गर्नुपर्नेछ । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले कात्तिक २३ गतेसम्म न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गरी बोलपत्र पेश गर्नुु पर्नेछ ।

तोकिएको अवधि भित्र प्राप्त बोलपत्र कात्तिक २५ गते बिहान १० बजे कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोल्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*