४० प्रतिशत लाभांश पारित गर्दै सनराइज क्यापिटलको ११ औं सभा सम्पन्न

१३ कार्तिक २०७८, शनिबार १२:१९

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले ११ औं वार्षिक साधारण सभा हिजो (कात्तिक १२ गते) सम्पन्न गरेको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशतका दरले हुन आउने ८ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, गत आर्थिक बर्षको सञ्चालक समितिको प्रतिवेदन पारित, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*