मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १८.५०% लाभांश वितरण गर्ने

१४ कार्तिक २०७८, आईतवार ११:०६

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको २६० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँबाट १८.५० प्रतिशत (बोनस शेयरको कर सहित) गरी शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको हो ।

सोही प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*