सिभिल लघुवित्तको शेयरमूल्य समायोजन

१४ कार्तिक २०७८, आईतवार ११:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम १४३३ रुपैयाँ १० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको शेयरमूल्य १२०४ रुपैयाँ २० पैसा समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*