बैंक अफ काठमाण्डूका र सोवा हेल्थकेयरबीच छुट सम्बन्धी सम्झौता

१४ कार्तिक २०७८, आईतवार १२:४५

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको ग्राहकहरुलाई सोवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने समझदारी भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्दै आइरहेको इएम बाहेकका अन्य सवास्थ्य सम्बन्धी सेवाहरु उपभोग गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको प्रयोग गरी वास्तविक रकमको १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । सोवा हेल्थकेयर सेन्टरले ललितपुर जिल्लाकोे जावलाखेलबाट गुणस्तरीय स्वास्थ्य सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*