सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१४ कार्तिक २०७८, आईतवार १४:५४

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै संस्थापक समूह तर्फको शेयर बिक्री गर्ने लागेको जनाएको हो ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोेजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालय हात्तिसार काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*