सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा सङख्या ?

१४ कार्तिक २०७८, आईतवार १५:००

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप एक शाखा बिस्तार गरेको छ । बैंकले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालयको शुभारम्भ गरेको हो ।

उक्त बिस्तारित शाखाको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विधिवत रुपमा समुदघाट्न गरेका हुन । बैंक कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ्ग, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, प्रतिनिधि सभाका सभामुखका स्वकिय सचिव सागर के.सी., बैंकका विभागीय प्रमुख सरोज वस्नेत लगायत बैंकका कर्मचारीहरुको सहभागिता गरेको थियो । उक्त शाखा कार्यालयबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर बैंकले २५५ शाखा कार्यालय र २१८ वटा एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*