नेप्से ५५ अंकले बृद्धि हुँदा कारोबार ७ अर्बमाथी पुग्यो, विकास बैंकमा लगानीकर्ताको आकर्षण

१४ कार्तिक २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २८३७ दशमलव ६१ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । प्रतिशतका आधारमा सबैभन्दा विकास बैंक समूहको बृद्धि भएको छ भने रुपैयाँका आधारमा निर्जीबन बीमा समूहमा ६०३ रुपैयाँको बृद्धि भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँको कारोबार भएको हो । साथै आज यूनाइटेड इन्स्योरेन्स सहित १० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*