आरएसडीसी लघुवित्तको बुक क्लोजको मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

१४ कार्तिक २०७८, आईतवार १७:१३

काठमाडौं । आरएसडीसी लघुवित्तले ८ औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।सभा गर्न कात्तिक ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ दशमलव लाभांश दिने प्रस्ताव पेश गर्नेछ । लघुवित्तले सभा मंसिर १० गते आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*