साधना लघुवित्तको साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश प्रस्ताव पारित

१४ कार्तिक २०७८, आईतवार २१:२९

काठमाडौं । साधना लघुवित्तको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।लघुवित्तको सभा कात्तिक १३ गते शनिवार होटल गोरखा बिसौनीमा सम्पन्न भएको हो । सभाले २६ दशमलव ३१६ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले संस्थापकका नयाँ सदस्यहरुको निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले कृष्ण बहादुर थापालाई अध्यक्ष चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*