हाथवे इन्भेष्टमेन्टले २५ हजार कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

१४ कार्तिक २०७८, आईतवार १८:०८

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल र ग्लोबल आइएमई क्यापिटल शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौतापत्रमा हाथवे इन्भेष्टमको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणमा प्रतिकित्ता अंकित मुल्य ५० रुपैयाँ दरले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर (आइपीओ)को निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*