महुली लघुवित्तको नौ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१५ कार्तिक २०७८, सोमबार १०:५९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहतर्फको नौ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

संस्थाका संस्थापक शेयरधनी श्याम सुन्दर चौधरीको तीन हजार ५ सय, अक्ष्मीतलाल चौधरी थारुको ४ हजार ५ सय र चनरी वतीथरुनीको १ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय कृष्णासवरण ६ महूली सप्तरीमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधिभित्रमा कुनै पनि आवेदनन आएको खण्डमा उक्त शेयर अन्य ब्यक्तितथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*