शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

१५ कार्तिक २०७८, सोमबार ११:३३

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको २४४ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित वितरणयोग्य मुनाफाबाट १०.९३ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल ११.५% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*