आरएमडिसी लघुवित्तको नाफा २० करोड रुपैयाँले बढ्यो, इपिएस कति ?

१५ कार्तिक २०७८, सोमबार १३:४२

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले सबै सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासम्ममा २६ करोड २४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २० करोड रुपैयाँले धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको यस अवधिमा खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको यसै अवधिमा १० करोड १८ लाख खुद ब्याज आम्दानी गरेकोमा यस अवधिमा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

साथै संचालन मुनाफा पनि बढेर १० करोड ६६ लाख ८४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्न पुग्दा कम्पनीको नाफामा बृद्धि भएको हो ।

कम्पनीको यस अवधिमा प्रतिशेयर आम्दानी (इपिएस) १०१.५० पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ ३७ पैसा रहेको छ भने पिई रेसियो १४.७३ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*