लक्ष्मी बैंकको खुद नाफामा सुधार आएसँगै अन्य सूचकमा देखियो चमक

१५ कार्तिक २०७८, सोमबार १४:२८

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको हो ।

बैंकको पहिलो त्रैमासमा खुद नाफा ७६.९९ प्रतिशतले बढेर ५५ करोड २८ लाख ७० हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा हाल बैंकको २ अर्ब ३ करोड रुपैयाँ रहेकोे छ ।

गत बर्षका भन्दा चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.९७ प्रतिशत र सञ्चालन नाफा ७२.५९ प्रतिशतले सुधार भएको हो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.५७ प्रतिशत र कर्जा लगानी ३१.०४ ले वृद्धि भएको छ । गत बर्षको तुलनामा चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बैंकको प्रतिशत आम्दानी ७ रुपैयाँ ९५ पैसाले बढेर २० रुपैयाँ ६८ पैसा पुगेको हो ।
असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*