बैंक र लघुवित्तमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१५ कार्तिक २०७८, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७७ करोठ ७५ लाख १० हजार ७७८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक घट्न पुगेको छ । दशैंपछि हरियाली भएको नेप्से आज १७.७५ अंकले घट्न पुगी कारोबार ७ अर्बमा सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँको कारोबार भएको हो ।

साथै आरएमडिसी लघुवित्तको २६ करोड ५६ लाख, नबिल बैंकको ३४ करोड ९९ हजार, कामना सेवा विकास बैंकको २५ करोड १४ लाख र अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*