नेप्से १७ अंकले घट्दा ७ अर्बमाथिको कारोबार, ३ उपसूचक बाहेक सबै राताम्य

१५ कार्तिक २०७८, सोमबार १५:१९

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक रातो अंकमा परिणत भएको छ । हिजो आइतबार ५५ अंकले बृद्धि भएको नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७७ करोठ ७५ लाख १० हजार ७७८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ३ उपसूचक बाहेकका सबै उपसूचक राताम्य भएका छन् । लगानी समूह, बैकिङ्ग समूह, होटल तथा पर्यटन समूहमा आज हरियाली छाएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँको कारोबार भएको हो । साथै आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*