माछापुच्छ्रे बैंकको अधिकांश सूचकमा उत्साहजनक प्रदर्शन, नाफा ५६ करोड माथि

१५ कार्तिक २०७८, सोमबार १५:२५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा उत्साहजनक प्रदर्शन गरेको छ ।

पहिलो त्रैमाससम्म अर्थात् आर्थिक वर्ष २०७८।७९ को तीन महिना अवधिमा ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ३६ करोड ९ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले १ खर्ब ३० अर्ब ६४ करोड १० लाख रुपैइाँ निक्षेप संकलन तथा १ खर्ब २७ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब २६ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८० करोड ५१ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा बृद्धि हुँदा बैंकको नाफा बढ्न पुगेको हो ।

साथै समिक्षा अवधिमा बैंकको चुक्तापूँजी स्थिर रहेकोमा जगेडा कोषमा २ अर्ब ८८ करोड ३६ लाख संचित रहेको छ । साथै बैंकको वार्षिकी प्रतिशेयर आम्दानी (इपिएस) बढेर २४ रुपैयाँ ८१ पैसा पुगेको छ । बैंकको गत आवको सोही अवधिमा इपिएस १७ रुपैयाँ ७ पैसा रहेको थियो ।
त्यस्तै, पहिलो त्रैमाससम्ममा बैंको सिडि रेसियो ८८.१० प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३० पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*