नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुने, कृषि विकास बैंकका उपाध्याय अध्यक्ष बन्दै

१६ कार्तिक २०७८, मंगलवार ११:२२

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन हुने भएको छ । संघमा नयाँ नेतृत्वको लागि यसै साता निर्वाचनको मिति तय गरेर उम्मेदवारी दर्ता खुल्ला गरिसकिएकोेछ । प्रायः सर्वसम्मत नयाँ नेतृत्व चयन हुने संघको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृषि विकास बैंकका सिईओ अनिल उपाध्याय आगामी कार्यकालको लागि अध्यक्ष बन्ने सहमति भइसकेको छ । सोही सहमति अनुसार उपाध्यायले हिजो अबेर उम्मेदवारी दर्ता समेत गराइसकेका छन् ।

बैंकर्स संघका अनुसार उपाध्यक्ष को बन्ने भन्नेमा सहमति हुन बाँकी छ । प्रभु बैंकका अशोक शेरचन, एनएमबि बैंकका सुनिल केसी र मेगा बैंककी अनुपमा खुञ्जेली मध्ये एक जना हुने सम्भावना रहेको छ । यद्यपि पहिलो पटक पहिलाले उपाध्यक्ष हुने इच्छा व्यक्त गरेकोले खुञ्जेलीले उपाध्यक्ष पाउने सम्भावना बलियो रहेको बताइन्छ ।

संघको बार्षिक साधारणसभा यही कार्तिक २३ गते हुँदैछ । अध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको तथा उपाध्यक्षको हकमा उम्मेदवारी दर्ता हुन बाँकी रहेको छ । सकेसम्म यस पटक पनि सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बैकर्स संघले जनाएको छ ।
बैंकका सिईओहरुको छाता संगठनले संघले साझा हितमा काम गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*