एक्सल डेभलपमेन्ट बैंकको संचालकमा अमित कुमार अग्रवाल नियुक्त

१६ कार्तिक २०७८, मंगलवार ११:३३

काडमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा अमित कुमार अग्रवाललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

कम्पनीको संचालक समितिको कात्तिक १५ गते बसेको २६४ औं बैठकको निर्णयअनुसार बैंकको संस्थापक समुहका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हेम राज ढकालले सोही मितिमा नै दिएको राजिनामा स्वीकृत गरी रिक्त रहेको सो पदमा अग्रवाललाई नियुक्त गरेको हो ।

हाल कायम संस्थापक शेयरधनीहरुमध्ये संचालक हुन लिनुपर्ने न्यूनतम शेयर कित्ता धारण गरि बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण नियम ऐन पूरा गरी हाल विर्तामोड नगरपालिाका वडा नं. ४ झापा बस्ने अग्रवाललाई बैंकले संचालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*