महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो

१६ कार्तिक २०७८, मंगलवार १२:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ४४.२८ प्रतिशतले बढेर २३ करोड रुपैयाँ कमाएको छ । जुन गत बर्षको सोही अवधिमा १५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफामा पनि सुधार देखिएको छ । गत बर्ष ९ करोड ९१ लाख रुपैयाँ कमाएकोमा यस बर्ष असोज मसान्तसम्ममा वितरण योग्य नाफा १२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको खुद आम्दानी ८.९२ प्रतिशत र सञ्चालन नाफा ५१.४७ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*