बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१६ कार्तिक २०७८, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक २३ अंकले बृद्धि हुँदा कारोबार ६ अर्बमाथि सिमिति भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४६ करोड ९७ लाख २३ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

साथै कामना सेवा विकास बैंकको २२ करोड १६ लाख, नेपाल पुनर्बीमा कम्पनीको २१ करोड १७ लाख, लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख र ज्योति विकास बैंकको २० करोड ६० लाख माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*