नेप्से २० अंकले बढ्दा बैंकिङ् र टेड्रिङ बाहेक सबैको उपसूचकमा छायो हरीयाली

१६ कार्तिक २०७८, मंगलवार १५:१०

काठमाडौं । नेप्सेमा २० दशमलव ७० अंकले बढ्दा २८४०।५७ विन्दुमा कायम भएको छ । आज २३० सूचीकृत कम्पनीको ९९ लाख २२ हजार ६ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज बैंकिङ् र टेडिङ बाहेक सबैको उपसूचकमा हरीयाली छाएको छ ।

महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४६ करोड ८७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । साहस उर्जा र रिदि हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । साहस उर्जाका लगानीकर्ताले ९ दशमालव ९९ रिदि हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*