साहज उर्जाको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने गुमाउने कम्पनी

१६ कार्तिक २०७८, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचकमा हरियाली छाउँदा कारोबार ६ अर्बमाथि भएको छ । आज साहज उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि नै कम्पनीको शेयरमा सर्किट लागेको छ । साथै गुडविल फाइनान्सको ९.१६ प्रतिशत अंक, नेपाल पुनर्बीमा कम्पनीको ८.६८ प्रतिशत अंक र कालिका पावर कम्पनीको ८.२८ प्रतिशत अंकले बृद्धि भएको छ ।

साथै आज गुमाउने कम्पनीहरुमा विशाल बजार कम्पनीको २.९५ प्रतिशत अंक, नेपाल बंगलादेश बैंकको २.२७ प्रतिशत अंक, आरएमडिसी लघुवित्तको २.६६ प्रतिशत अंक र सामुदायिक लघुवित्तको २.४२ प्रतिशत अंकले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*