फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय, साधारण सभा कहिले ?

१६ कार्तिक २०७८, मंगलवार १५:३५

काठमाडौं । फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ ।

कम्पनीले मंसिर ५ गते एक दिन शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने भएको हो । जसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभाश (कर प्रयोजन) का लागि वितरण गर्ने निर्णय गरेको छ । कुल १०.५३ प्रतिशत लाभांश पाउन मंसिर ४ गतेसम्म कारोबार भई नेप्सेमा कायम भएको हुनुपर्नेछ ।

सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले १२ औं वार्षिक साधारण सभा मंसिर १६ गते बिहिबार बिहान ११ बजे आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौंमा बस्ने गरी बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*