नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा राम प्रसाद रोपाखेती नियुक्त

१७ कार्तिक २०७८, बुधबार १०:२३

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा राम प्रसाद रोपाखेती नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा रोपाखेतिलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको १३ औं बैठकले रिक्त रहेको अध्यक्ष पदमा संचालक समितिका सदस्यहरु मध्येबाट काठमाडौं महानगरपालिका ९ गौशला निवासी रोपाखेतीलाई उक्त पदमा नियुक्त गरेको हो ।

साथै संचालक समितिको सोही बैठकले संचालक पदमा बैंकको संस्थापक शेयरधनी रोपा इन्भेष्टमेन्ट प्रा.लि. को प्रतिनिधी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, बबरमहल निवासी गणेशमान प्रधानलाई आगामी साधारण सभासम्मको लागि नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*