सिभिल लघुवित्तको खुद नाफामा छलाङ, इपिएस कति ?

१७ कार्तिक २०७८, बुधबार ११:०७

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीेले खुद नाफामा छलाङ मारेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिसम्ममा खुद नाफा २८२.८२ प्रतिशतले बढाएर १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ७२ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै जगेडा कोष २५६.६९ प्रतिशत, कर्जा १०६.९३ प्रतिशत, खुद ब्याज आम्दानी १२०.३८ प्रतिशत, संचालन मुनाफा २४३.६५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन अंकले बृद्धि भएको कारण खुद नाफामा बृद्धि भएको हो ।

साथै चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी २४ करोड २१ लाख रुपैयाँ रहेकोमा कम्पनीको बार्षिकी प्रतिशेयर आम्दानी १८.५० रुपैयाँले बढेर २५.७३ रुपैयाँ पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ १५३.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.१२ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*